२ कार्तिक २०८३, सोमबार

नोभाक जोकोभिच विम्बल्डनको क्वाटरफाइल प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २२ असार । आठ पल्टका च्याम्पियन रोजर फेडेरर तथा विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच सोमबार विम्बल्डनको क्वार्टरफाइनल पुगेका छन् । जोकोभिचले अन्तिम १६ को खेलमा चिलीका क्रिस्टियन गरिनलाई ६–२, ६–४ र ६–२ ले हराए ।

सर्बियाली खेलाडी जोकोभिच कीर्तिमान बराबरी गर्ने २० औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन् । यस्तै उनले अब ५०औं ग्रान्डस्लाम क्वार्टरफाइनल खेल्नेछन् ।

फेडेरर र राफेल नाडालले समान २० ग्रान्ड स्लाम जितेका छन् । स्विट्जरल्यान्डका ३४ वर्षीय फेडेररले भने इटालीका लारेन्जो सोनेगोलाई ७–५, ६–४ र ६–२ ले हराए ।