४ मंसिर २०८३, शुक्रबार

‘आफ्नै अध्यक्षविरुद्ध मुद्धा हालेर एकताको गीत गाउन कसरी सकेको होला ?’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै अध्यक्षविरुद्ध मुद्दा हालेर एकताको गीत गाउन कसरी सकेको ? भनेर प्रश्न गरेका छन् ।

पार्टी नेतृत्वका विरूद्ध गठवन्धनको वकालत गर्ने र त्यसमा निष्ठापूर्ण प्रतिवद्धता जनाउने कार्य नेपालले गरिरहेको बताउँदै पोखरेलले एकता सम्भव नरहेको संकेत गरेका हुन् ।

ट्वीट गर्दै उनले भनेका छन्, ‘पार्टी नेतृत्वका विरूद्ध गठवन्धनको वकालत गर्ने– त्यसमा निष्ठापूर्ण प्रतिवद्धता जनाउने आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने । अनि पार्टी एकताको गीत गाइरहने ? हत्तेरिका कसरी सकेको ?’