
काठमाडौँ, १९ असार । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले विधान महाधिवेशन साउन २५–२७ काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
यसका लागि पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको छ ।
महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।
यस्तै बैठकले भदौ ५ गते वडा र भदौ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी वैशाख ३० गतेभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव आए पनि निर्णय भने भएको छैन ।












प्रतिक्रिया