१६ कार्तिक २०८३, सोमबार

केन्द्रीय कमिटीमा एमालेको महाधिवेशन आगामी वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औँ महाधिवेशन गर्ने प्रस्ताव पेश गरेको छ ।

महासचिव ईश्वर पोखरेलले शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् ।

मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरिएपनि कोरोना संक्रमण लगायतका कारण महाधिवेशनको समय सार्न प्रस्ताव गरिएको बताइएको छ ।

बैठकमा संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव पेश भएको छ ।

प्रस्तावमा भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने बताइएको छ ।