५ मंसिर २०८३, शनिबार

नारायणगढ–मुग्लिन पहिरो खसेर हैरान, सडकखण्डन अबरुद्ध

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १९ असार । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले यातायात अवरुद्ध भएको छ ।

बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर टाढा भोर्ले सेतीदोभन र राति चार किलोमा पुनः पहिरो खसेपछि गाडी चल्न ठप्प भएको छ ।

पृथ्वीराजमार्गको कुरिनटारनजिक पनि लेदो झरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार किलोमा शुक्रबार बिहानैदेखि पहिरो खसेर गाडी रोकिएका थिए । दिउँसो केही सफा गरेर एकतर्फी गाडी खुले पनि सो ठाउँमा राति फेरि पहिरो गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।

भोर्ले सेती दोभानमा शुक्रबार साँझ अचानक ठूलो पहिरो गएको थियो । सेती दोभानको पहिरो केही बेरपछि हटाउन सुरु गरिने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खनालले बताए ।

त्यहाँ ठूलो ढुंगासहित पहिरो खसेका कारण शनिबार काम सुरु गरे पनि सफा गर्न कम्तीमा ६ घण्टा लाग्ने सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।