काठमाडौं, १८ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाई तथा दिदीबहिनीहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् ।
नगरवासीको भौतिक सम्पत्ति, कृषकहरूको बालिनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाडौं जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।















प्रतिक्रिया