लण्डन, १७ असार । स्पेनिस ला लिगा फुटबलको २०२१–२२ का लागि नयाँ तालिका सार्वजनिक भएको छ ।
बुधबार राति सार्वजनिक गरिएको तालिका अनुसार ला लिगा अगष्ट १५ तारिखदेखि शुरु हुनेछ । पहिलो दिन १० खेल हुनेछन् ।
ला लिगाको डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टाभिगोसँग पहिलो खेल खेल्ने तय भएको छ ।
क्याटलान क्लब बार्सिलोनाले सिजनको शुरुवात रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्दै गर्नेछ ।
यसैबीच, सिजनकै पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा हुने भएको छ । एल क्लासिको बार्सिलोना र रियल मड्रिडबीचको पहिलो भेट अक्टोबर २४ मा क्याम्प नाउमा हुने तय भएको छ ।















प्रतिक्रिया