५ मंसिर २०८३, शनिबार

तनहुँमा बाढीले पक्की पुल बगायो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्यास, १७ असार । तनहुँ जिल्लाको ब्यास नगरपालिका वडा नं. १ र वडा नं. १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।

बुद्धसिंह मार्गअन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

छाब्दी खोलामा बुधबार राति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदी लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।