५ मंसिर २०८३, शनिबार

राष्ट्रियसभाको अधिवेशन आजदेखि, पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पेश हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । राष्ट्रियसभाको अधिवेशन बिहीबारबाट सुरु हुँदैछ। अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संसद् भवनमा राष्ट्रियसभाको बैठक बस्ने छ।

अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिबाट पठाएको अधिवेशन आह्वानको पत्र पढेर सुनाउने, ज्ञात अज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने कार्य गरिन्छ भने अधिवेशनको पहिलो बैठकमा संसद् नहुँदा सरकारले ल्याएका अध्यादेश टेबुल हुने र पहिलो बैठक भएकाले दलीय हैसियतमा राष्ट्रियसभामा प्रतिनिधित्व गरेका संसदीय दलका नेतालाई धारणा राख्न समय दिने कार्य गरिन्छ ।

कहिले काहीँ दलहरूबीच सहमत नभएमा संसदीय दलका दोस्रो तहका नेताले बोल्ने गरेको पुनस्र्थापित प्रतिनिधिसभाको फागुन २३ गतेको बैठकमा अभ्यास गरिएको थियो ।

पहिलो बैठकमा पूर्वसांसदको निधनप्रति पनि शोकप्रस्ताव पेश गर्ने कार्यसूची राखिने गर्दछ ।