८ कार्तिक २०८३, आइतबार

ओपोलाई १२ अवार्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फरेन्स (सीपीभीआर) २०२१मा सहभागिता जनाएको छ ।

सम्मेलन मार्फत ७ प्रमुख चुनौति अन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिती जनाएको ओपोले एआई क्षेत्रमा पुर्‍याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो । जस अन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रबर्तनका लागि एक पहिलो स्थान, सात ओटा दोस्रो र चार तेस्रो अवार्डहरु प्रदान गरिएका छन् ।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए । अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षण मार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत रहेको छ ।

ओपोका चिफ साईन्टिस्ट, ईन्टेलिजेन्ट पर्सेप्शन, एरिक गुओले भने, ‘यस बर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनिय नतिजा पाउँदा हामी निकै हर्षित छौँ । हामीले पहिलो पटक सीपीभीआर २०२०मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन च्यालेन्जमा धमिला तस्विरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्यूजन पोजिशनिंगलाई अझ सटिक बनाउन सघाउने भिज्यूअल लोकलाइजेशन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरे बापत पहिलो स्थान हात पारेका थियौँ । यस बर्ष ओपोले जितेका मल्टि एजेन्ट बिहेभियोर, एभीए—काइनेटिक्स र बहू संख्यक टूडी तस्विरहरुबाट थ्रीडी फेस रिकन्स्ट्रक्शन , फेशियल डिटेक्शन लगायत क्षेत्र अन्तर्गत पर्दछन् ।’

‘यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एण्ड मोबिलिटी लगायत क्षेत्रमा गर्न सकिन्छ’गुओले थपे, ‘ओपोमा हामी एआईले मानिसलाई बुद्धिमता पूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौैँ ।’