
काठमाडौँ, १५ असार । जातिय विभेद गरेको आरोप खेपेकी सरस्वती प्रधानलाई लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।
मंगलबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले मन्त्रीको त्यस कार्यलाई दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
उनले मन्त्रीलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन् ।
जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै प्रधानमन्त्री ओलीले सचेत गराएका हुन् ।
उनले भने– “गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले (हाँस्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईले गर्नुभयो, त्यो ठिक भएन भन्नुभएको छ है । यसमा प्रधानमन्त्री स्वयंको पनि ध्यानाकर्षण भएको छ । ”












प्रतिक्रिया