
काठमाडौँ, १५ असार । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै यता तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने उही कायम रहँदै मंगलबार पनि एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया