वीरगन्ज । प्रचण्ड गर्मीका कारण पछिल्ला दिनमा पर्साको जनजीवन निकै कष्टकर बन्दै गइहेको छ । स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप पनि बढ्न थालेको छ ।
वीरगन्जको सबैभन्दा पुरानो नारायणी अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढेको अस्पतालका स्वास्थ्यकर्मी जयमोद ठाकुरले जानकारी दिनुभयो ।
विशेषगरी बालिकाहरुमा पखाला, ज्वरो र वृद्धवृद्धाहरुमा पनि विभिन्न समस्या देखिएको छ । गर्मीको समयमा पातलो कपडा लगाउन र पानी बढी पिउन वरिष्ठ चिकित्सक डा.श्यामसुन्दर दासले सुझाव दिनुभएको छ ।
गर्मीका कारण वीरगन्ज सडकमा सवारीसाधनको चाप पनि घटेको छ । दिनको समयमा विशेषगरी ज्यादै कम मात्रामा सवारीसाधनहरु चल्ने गरेका छन् भने यात्रुको चहलपहल पनि घटेको छ । गर्मीले दैनिक काम गरेर जीविका चलाउनेहरु पनि मारमा परेका छन् । रिक्सा, ठेला तथा टाँगाहरु पनि चर्को गर्मीका कारण सडकमा कम सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा करिब दुई महिनादेखि वर्षा हुन सकेको छैन ।











प्रतिक्रिया