लण्डन, १४ असार । बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।
योसँगै पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिएको छ । विंगर थोर्गन हाजार्डले गरेको गोल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्यो ।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने छ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि(क्वाटरफाइनलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको थियो ।















प्रतिक्रिया