४ मंसिर २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।

कोरोनाको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

निषेधाज्ञाका बारेमा निर्णय गर्न आइतबार दिउँसो चार बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।

निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।