४ मंसिर २०८३, शुक्रबार

नागढुंगा-मुग्लिन सडक शनिबारदेखि पाँच घण्टा बन्द हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नागढुंगा-मुग्लिन सडक शनिबारदेखि दिउँसो पाँच घण्टा बन्द हुने भएको छ।

घोप्टेभीरमा लगातार खसिरहेको पहिरोका कारण शनिबारदेखि अर्को सूचना नभएसम्म दैनिक पाँच घण्टा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जानकारी दिएको हो ।

सूचनामा शनिबारबाट बिहान ११ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द गरिने जनाइएको छ । घोप्टेभीरमा लगातार पहिरो खसिरहेकाले आवागमन बन्द गरेर पहिरो पन्छाइने सूचनामा उल्लेख छ ।