काठमाडौं, २४ चैत । भर्खरै सम्पन्न भएको आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता २०१५ मा बलिङ र व्याटिङमा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै क्रिकेटरलाई बलात्कार मुद्दामा सफाई दिइएको छ ।
हिरोइनले आफुलाई बलात्कार गरेको भन्दै बंग्लादेश राष्ट्रिय क्रिकेट टीमका क्रिकेटर रुवैल हुसैन विरुद्ध विश्वकप हुनु अगावै अदालतमा मुद्दा दर्ता गरेकी थिईन् । अदालतले विश्वकपपछि मात्रै फैसला गर्ने गरी मुद्दा स्थगित गरेको थियो ।
तर, विश्वकपमा बंगलादेशलाई पहिलो पटक क्वार्टर फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएको भन्दै तिब्र बलर हुसैनलाई सोमबार अदालतले बलात्कार मुद्दामा सफाइ दिएको हो ।
बंगलादेशी हिरोइन नाजनीन अख्तर हैप्पीले गतवर्षको १३ डिसेम्बरमा रुबेलवविरूद्ध प्रहरीमा बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् । उनले आफुलाई विहे गर्ने भन्दै रुवेलले बारम्बार शारीरिक सम्पर्क गरेको आरोप लगाएकी थिईन् ।
रुवेलले परिवारको चाहना अनुसार अर्कै युवतीसँग विहे गरेपछि हिरोइन हैप्पीले मुद्दा हालेकी थिईन् ।
रूवेलले विश्वकपमा इंग्ल्याडविरूद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई विजय बनाएपछि केही दिनअगाडी मात्रै हिरोइन हैप्पीले बलात्कार मुद्दा फिर्ता लिएकी थिइन् । एजेन्सी















प्रतिक्रिया