२ कार्तिक २०८३, सोमबार

कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार जित, चिली पराजित

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली पराजित भएको छ । बिहीबार बिहान सम्पन्न खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेका लागि ब्रायन सामुडियो र मिगुएल अल्मिरोनले गोल गरे।खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाए ।

जितसँगै समूह ’ए’ को पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हारसँगै चिलीले समूहको शीर्ष स्थानमा उक्लने मौकाभने गुमाएको छ । ४ खेल खेलेको चिलीको ५ अंक छ। तेस्रो स्थानको चिलीले यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।