९ कार्तिक २०८३, सोमबार

सिरहामा सुनको वालासहित दुई जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ११ असार । सिरहा जिल्लाको गोलबजार नगरपालिका–४ स्थित शिवचोकबाट सशस्त्र प्रहरीले करीव १६ लाख रुपियाँ बराबरको ४ वटा सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही जिल्लाको लक्ष्मीपुर बस्ने १९ वर्षीय साउद्दीन खान र १९ वर्षीय दिवसकुमार मण्डल छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा करीव दुई सय
ग्रामको उक्त चार वटा सुनको वाला फेला परेको हो ।

पक्राउ परेकाहरूलाई बरामद सुनको वालासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।