९ कार्तिक २०८३, सोमबार

एसओएसको ३५औं स्मृर्ति दिवश मनाइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

तनहुँ, १० असार । एसओएस बालग्राम नेपालको ३५औ स्मृति दिवस मनाइएको छ । परिवार सवलीकरण कार्यक्रमलाई मुख्य कार्यधार बनाएको एसओएस बालग्राम नेपालले व्यास नगरपालिका वडा नं १४ र १३ मा आफ्नो स्मृर्ति दिवस मनाएको हो ।

एसओएस बालग्राम नेपालको संस्थापक प्रा.डा.हर्मन माइनरको १०२औँ जन्मोत्सव तथा ३५औँ स्मृति दिवसमा व्यास १४ को केशवटारमा एक कार्यक्रम गरि मनाइएको छ ।

परियोजनाको संयोजक अमृत पन्थीले संस्थापक प्रा.डा. हर्मन माइनरको फोटोमा माल्र्यापण गरि कार्यक्रम शुभारम्भ गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिकाका वडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बालग्रामले समाजिक क्षेत्रमा पु¥याएको योगदानको वारेमा चर्चा गरेका छन् ।

विपन्न भेग र वर्ग विशेष गरि बालवालिका लक्षित कार्यक्रम संचालन गर्ने संस्थाले समाजिक परिवर्तनमा मुख्य भूमिका खेलेको वडाध्यक्ष काजीमान श्रेष्ठले बाए ।

परियोजना संयोजक पन्थीले बालबालिका र समाजमा पिछडा वर्गको हक, अधिकार र उत्थानका लागि काम गर्दे आएको बताए । प्रा.डा. हर्मनद्वारा शुरु भएको बालग्राम कार्यक्रमले चेतनामा वृद्धि गरेको बताए ।

बालग्रामका प्रतिनिधिले संचालन गरेको उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नं १३ का वडाध्यक्ष लेखबहादुर राना लगायतले बालग्रामका वारेमा चर्चा गरेका थिए ।