९ कार्तिक २०८३, सोमबार

माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पूर्वी नवलपरासी, ९ असार । पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–३ सर्दीस्थित डम्रे खोलाले बगाई बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार ८ गते फेला पारको छ ।

बझाङ जिल्ला स्थायी घर भएका २४ वर्षिय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।