२९ आश्विन २०८३, बिहिबार

बाबुको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ilamइलाम । आफ्नै बुबाको हत्या गर्ने छोरालाई जिल्ला अदालत इलामले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । गतवर्ष माघ २९ गते इलामको महमाई–९ निवासी नेत्रबहादुर मुखियालाई छोरा प्रकाशले हत्या गरेका थिए ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार प्रकाशलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहितको जन्मकैदको फैसला सुनाएको अदालतका तहशिलदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशले बुबालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।