काठमाडौं, ९ असार । निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा मंगलबारदेखि सञ्चालनमा आएका छन् ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि राइड सेयरिङ सेवा पनि सञ्चालन भएका हुन् ।
उपत्यकामा लोकप्रिय राइड सेयरिङ सेवा पठाओ र टुटल दुवैले मंगलबारदेखि सेवा दिन थालेका छन् । झन्डै दुई महिनापछि सेवा दिन थाले पनि माग भने नगण्य रहेको टुटलका संस्थापक शिक्षित भट्टले बताए ।











प्रतिक्रिया