४ मंसिर २०८३, शुक्रबार

नारायणी र राप्तीको कटान क्षेत्रमा प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ८ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार बिहान चितवनमा आफ्नो निर्वाचन क्षेत्र अन्तरगत नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।

भरतपुर महानगरपालिका– २६ को सिसई क्षेत्रको अनुगमन गर्दै नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थाई रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएको बताए ।

उनले आवस्यक बजेटको सुनिस्चितताको लागि आफू लागिरहेको बताएका छन् । सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पीडामा परेका समुदायलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

उनले नारायणी नदिको बर्षेनी हुने डुबान र कटानको समय्या समाधान गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

सो अवसरमा स्थानीयहरूले डुवान कटान र असार पहिलो हप्ता आयको बाढीले पारेको क्षतिका बारेमा जानकारी गराएका छन् ।