१ कार्तिक २०८३, शनिबार

आमिरले ३ महिनामा २१ हजार युवती भेट्नुको रहस्य !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amir-khanमुम्बई । बलिउडमा ‘मिस्टर पर्फेक्टनिष्ट’को उापधि पाएका चर्चित अभिनेता आमिर खानले ३ महिनाको अवधीमा २१ हजार युवतीसँग भेटघाट गरेका छन् ।

हाल चलचित्र ‘दंगल’को छायांकनमा व्यवस्त आमिरले व्यस्त समयका बाबजुद पनि भारतका २१ हजार युवतीसँग समय मिलाएर भेटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आमिर यती व्यवस्त हुँदाहुँदै पनि किन युवती भेट्छन् त ? यो प्रश्न दर्शकको मनमा आउनु स्वाभाविक हो । तर, आमिर ३ महिनाको अवधिमा भेटेका २१ हजार युवतीको अडिशन लिएका हुन् ।

आफ्नो आगामी चलचित्र ‘दंगल’ का लागि साधारण युवतीको खोजीमा २१ हजार युवतीको अडिशन लिएका हुन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहिलेसम्म एउटा पनि युवती छानिएका छैनन् ।

चलचित्रमा आमिर एक पहलमानको भुमिकामा देखिँदैछन् । त्यसका अतिरिक्त उनी ४ छोरीको बाबुको भुमिकामा पनि देखिँदैछन् । चलचित्रका चार छोरीको खोजीका लागि आमिरले २१ हजार युवतीसँग अडिशन लिएका हुन् ।

तर आमिरलाई २१ हजारमा एउटा पनि युवती मन परेको छैन् । हाल आमिर भारतको उत्तरप्रदेशमा युवतीको अडिशन लिइरहेका छन् । उनको चलचित्र अर्काे वर्ष रिलिज हुने बताइएको छ । एजेन्सी