४ मंसिर २०८३, शुक्रबार

वीरगञ्जमा सेनाका सिपाहीलाई गोली लाग्यो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ७ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् ।

पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएको स्रोतले जनाएको छ ।

उनको घाँटीको भाग र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए ।

ड्युटीमै रहेको बेला आइतबार राति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । नरेश गुरुङ ट्वाइलेट गएका थिए ।