२ कार्तिक २०८३, सोमबार

अमेरिकाको अलबामा आँधी, १० जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ७ असार । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

१८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको खबरमा उल्लेख छ । आँधीले कयौँ घरमा नोक्सानी भएको छ ।

घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी भइरहेको छ ।