५ मंसिर २०८३, शनिबार

कुतियाकभरमा डुवानमा परेका २० घरपरिवारका सामान सुरक्षित स्थानमा सारियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

कञ्चनपुर, ७ असार । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकभरको बैजुडाँडामा अविरल बर्षाको कारण महाकाली नदीमा पानीको बहाव बढ्न गई जोगबुढा खोलाको पानी बस्तीमा पसेर डुवान परेका २० घरपरिवारको सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दोधारा चाँदनी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारको सामान तथा पशुचौपाया सुरक्षित स्थानमा सारेको छ ।