२ कार्तिक २०८३, सोमबार

म्यानमारमा सेना र गुरिल्लाबीच छापामार झडप

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ असार । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने एउटा गाउँ जलेर ध्वस्त भएको छ ।

म्यानमारको ग्रामीण क्षेत्र किनमा गाउँको दुई सय ४० घरमध्ये २ सय घर ध्वस्त भएको बीबीसीले जनाएको छ ।

सैन्य शासनविरुद्ध रहेका स्थानीय गुरिल्लासँगको झडपका क्रममा सेनाले गोलाबारी गर्दा आगलागी भएको छ ।

गाउँ नै जल्न थालेपछि अरुले भागेर ज्यान जोगाए पनि भाग्न नसकेका दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

म्यानमारका लागि बेलायती राजदूत डान चुगले घटनाप्रति भर्त्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको विरोध गरेका छन् ।

म्यानमारमा सेनाले गएको फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएको छ । यसपछि भइरहेका विरोध प्रदर्शनमा सेनाले दमन गर्दै आएको छ ।