२९ आश्विन २०८३, बिहिबार

परिवर्तन गर्छुभन्दा पद छोड्नु पर्‍यो: प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda काठमाडौँ ।  एकीकृत नेकपा (माओवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएपछि मुलुकका सबै क्षेत्रमा एकैपटक आमूल परिवर्तन गर्छुभन्दा पद छोड्नु परेको बताउनुभएको छ ।

मुलुकमा गणतन्त्र स्थापना भएपछि आफ्नो शासनकालमा ठूलो उत्साह र महत्वकाङ्क्षाका साथ अग्रगामी कार्य गर्न खोज्दा नौ महिनामै सत्ता छोड्नु परेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको र त्यसलाई संस्थागत गर्न एकपटक सबैले आ–आफ्नोतर्फबाट प्रयास गर्नुपर्ने धारणा राख्नुभयो ।

उच्चमाध्यमिक शिक्षा एसोसियसन नेपाल (हिस्टान)को राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले उच्चमाध्यमिक शिक्षकको सेवा सुविधामा सुधार नआएसम्म गुणस्तरीय शिक्षाको आशा गर्न नसकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले उच्च माध्यमिक तहलाई राज्यले प्राथमिकतामा राखेर शिक्षक र विद्यार्थीको सेवा सुविधा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले उच्च माध्यमिक तहका विद्यार्थी र शिक्षकमा राज्यको न्यून लगानी भएकाले समस्या देखिएको बताउनुभयो ।
भेलामा नेकपा एमालेका नेता गङ्गालाल तुलाधरले आफू शिक्षामन्त्री हँुदा उच्च माध्यमिक तहका शिक्षकका लागि दरबन्दीको व्यवस्था गरेको जानकारी गराउनु हँुदै हालको शिक्षा ऐनमा सुधारको खाँचो रहेको आँैल्याउनुभयो ।

कार्यक्रममा एमालेका युवा नेता रवीन्द्र अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य डा यज्ञबहादुर कार्की, हिस्टानका अध्यक्ष दीपकराज सुवेदी, अविभावक सङ्घका उपाध्यक्ष केशव पुरी, शिक्षा मन्त्रालयका उपसचिव बोधराज निरौलालगायतले उच्च माध्यमिक तहका शिक्षकको समस्याका बारेमा चर्चा गर्दै समस्या समाधानका लागि सहयोग गर्ने बताउनुभएको थियो ।