२ कार्तिक २०८३, सोमबार

चीनको सैन्य तथा आणविक गतिविधिले सुरक्षा चिन्ता बढ्योः नेटो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ असार । उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका नेताहरूले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका छन् ।

चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै उनीहरूले चेतावनी समेत दिएका हुन् । तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको चीन आफ्ना सैनिकको आधुनिकीकरणमा पारदर्शी नरहेको पनि उनीहरूले बताएका छन् ।

ब्रसेल्समा बसेको नेटोको बैठकले रुसी सैनिकसँग चीनले सहकार्य गरेको आरोप पनि लगाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको सङ्गठन हो ।

कम्युनिस्ट शासनको विस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको थियो ।

पछिल्ला वर्षहरूमा नेटोका नेताहरू बीचमै सङ्गठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ ।

खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो । अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बैठकमा सहभागी भएका जो बाइडेनले भने ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताए ।