काठमाडौं, १ असार । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यको अध्यक्षतामा काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्पन्न भएको हो ।
कम्पनीले सामान्य प्रस्ताव तर्फ आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने कार्य भएको छ ।
अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जनाएका छन् ।















प्रतिक्रिया