२ कार्तिक २०८३, सोमबार

कोपा अमेरिका फुटबलमा कोलम्बियासँग इक्वेडर पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ३१ जेठ । कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । कोलम्बियाले इक्वेडरलाई १–० गोलले हराएको हो । उसका लागि खेलको ४२ औं मिनेटमा इड्विन कार्डोनाले गोल गरे ।

खेलको धेरै समय कोलम्बियाले इक्वेडरमाथि दबाब बनाएको थियो । समूह ‘ए’मा कोलम्बिया, ब्राजिल, पेरु, इक्वेडर र भेनेजुएला रहेका छन् ।

सोमबार बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको छ । ब्राजिलका लागि नेयमार, ग्रावियल बार्वोसा र मोरक्विनोले गोल गरे ।

नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा गोलको सुरुवात गरेको थियो । भेनेजुयलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको थियो ।