१५ कार्तिक २०८३, आइतबार

उपत्यकामा थपिएको निषेधाज्ञामा के-के खुले ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, जेठ । काठमाडौँ उपत्यकामा थप ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।

आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मोडालिटी परिवर्तन गरेर थप एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा होटल र रेष्टुरेन्टले अनलाइन अर्डर लिएर अब ‘टेक अवे’ सेवा सुरु गर्न सक्नेछन् । यस्तो सेवा विहान ७ बजेदेखि खुल्ने भएको छ ।

त्यसैगरी, विहना ९ बजेसम्म मात्रै खुल्दै आएका खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

त्यस्तै, पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्ने निर्णय गरिएको बताइएको छ ।

यसैगरी, उपत्यकामा दिउँसो ४ बजेपछि निर्माण सामाग्री बेच्ने हार्डवेयर पसल पनि खोल्न दिइने निर्णय गरिएको छ ।