
काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा मोडालिटी परिवर्तन गरेर एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।
आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेका हुन् ।
नयाँ मोडालिटीअनुसार अब खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिइने भएको छ । त्यस्तै, पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्न पाउने निर्णय गरिएको छ ।
बैठकमा काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।
पछिल्लो समय संक्रमण धेरै भएपछि निषेधाज्ञा थप कडा पारिएको थियो ।
जनतालाई थप सास्ती नहोस् भन्ने उद्देश्यले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको हो ।












प्रतिक्रिया