
काठमाडौं । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन् । गीतमा स्वयम् गायक भावुकको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन छ ।
प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन् । कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलायमान बनाउन जोखिम उठाएर मेहनत साथ यो सृजना सार्वजनिक गरेको गायक भावुकले बताएका छन् ।
मिराज अर्यालको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडीको आधिकारिक च्यानल ‘नमिता दवाडी’मार्फत सार्वजनिक गरिएको छ ।















प्रतिक्रिया