काठमाडौं, ३० जेठ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले तल्लोस्तरको राजनीति गरेको टिप्पणी गरेका छन् ।
डा.भट्टराईले प्रधानमन्त्री ओलीको आलोचना गर्ने पूर्वप्रधानमन्त्रीहरूको विरोध गरेका हुन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान अन्तर्वार्ताका क्रममा डा.भट्टराईले तल्लोस्तरको राजनीति नगर्न चेतावनी दिएका छन् ।
‘पूर्वप्रधानमन्त्रीहरूले तल्लोस्तरको राजनीति गर्नुभएको छ’, डा.भट्टराईले भने, ‘२०४७ को संविधान असफल बनाउनेहरू प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन् । उहाँहरू विकृति भित्र्याउनेहरू हो ।’
ओलीका सल्लाहकार डा.भट्टराईले पूर्वप्रधानमन्त्रीहरू अहिले पनि विकृति भित्र्याउन लागेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप बढाएको भनेर आलोचना गरेका थिए ।
उनीहरूले चुरे दोहोन गर्ने सरकारका निर्णयको पनि आलोचना गरेका छन् ।















प्रतिक्रिया