२ कार्तिक २०८३, सोमबार

हजका लागि साउदी अरबद्वारा मापदण्ड तयार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० जेठ । साउदी अरबले हजका लागि जाने तीर्थयात्रीलाई मापदण्ड बनाएको छ ।

साउदी अरबले ६० हजारभन्दा धेरैलाई हजमा जान दिने छैन । साउदी अरबले कोरोनाका कारण हकका लागि नयाँ नियम लागू गरिएको जनाएको छ ।

हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

मापदण्ड अनुसार १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउनेछन् ।

हजमा जानेले कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ । गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरू हज जान पाउने छैनन् ।

हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ । जुलाईको मध्यदेखि हज यात्रा शुरु हुनेछ ।