२ कार्तिक २०८३, सोमबार

युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले अंक बाँडे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० जेठ । युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा यी दुवै टिमले एक–एकको बराबरी गर्दै अङ्क बाँडेका हुन् ।

खेलको ४९ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बेलेले एक गोल गरे भने वेल्सका लागि खेलको ७४ औं मिनेटमा किफर मोरले गोल गरे । समूह ‘ए’मा रहेका वेल्स र स्वीट्जरल्याण्डको १–१ अङ्क भएको छ । यो समूहमा रहेको इटलीको ३ अङ्क छ ।