९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीलाई विपक्षी गठबन्धनले हत्या गर्ने योजना बनाएः एमाले नेता पोखरेल

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । एमाले नेता आनन्द पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी ओलीको हत्या गर्ने कांग्रेस सांसदको नरोत्तम बैद्यको घोषणा बिपक्षी गठबन्धनको योजनाअनुसार नै आएको आरोप लगाएका छन् ।

एमाले बागमती प्रदेशका अध्यक्ष पोखरेलले केही समयदेखि प्रधानमन्त्री ओलीबिरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताहरूले राजनीतिक र बैचारिक रुपमा मात्र होइन, भौतिक रुपमा सफाया गर्न सक्ने सूचना प्राप्त भैरहेको बताए । उनले बैद्यको अभिब्यक्ति सोहीअनुसार आएको दाबी गरेका छन् ।

‘प्रदेश सभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमंत्रीलाई हत्या गर्छु भनेर बोल्न ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरी तत्कालै पक्राऊ गरी ज्यानमार्ने उधोग गरेको अभियोग मुद्दा चलाऊन माँग गर्दछु’, उनले भने, ‘यो विषय सामान्य होइन, ब्यक्तिले मात्र लहडमा बोलेको होइन ।’

उनले भने, ‘यसमा गम्भिरै षड्यंत्र लुकेको छ । यसमा संलग्न सबै दोषीहरू पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकार संग जोडदार माग गर्दछु ।’

यसो भन्छन् आनन्द पोखरेल

केही समय यत्ता हाम्रो पार्टीका श्रदेय अध्यक्ष एबं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र बैचारिक रुपमा मात्र होइन, भौतिक रुपमा ऊहालाई सफाया गर्न सक्ने सूचना प्राप्त भैरहेको थियो । हामी त्यसलाई सुक्षम रुपले अध्यान गरिरहेका थियौ । हिजो मिति २०७८/२/२८ गतेका दिन काठमाण्डू प्रदेश ने ४ क बाँट निर्बाचित नेपाली काँग्रसका प्रदेश सभा सदस्य नरोत्तम बैधले बागमति प्रदेश सभाको बैठकको रोष्टमा ऊभिएर माहात्म गान्धिलाई नथुराम गोड्सेले मारे झै केपी शर्मा ओलीलाई मार्नु पर्छ र मार्छु भनेर बोलेका छन ।

प्रदेश सभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमंत्रीलाई हत्या गर्छु भनेर बोल्न ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरी तत्कालै पक्राऊ गरी ज्यानमार्ने उधोग गरेको अभियोग मुद्दा चलाऊन माँग गर्दछु । यो बिषय सामान्य होईन, ब्यक्तिले मात्र लहडमा बोलेको होईन । यसमा गम्भिरै षड्यंत्र लुकेको छ । यसमा संलग्न सबै दोषिहरु पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकार संग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भिर अपराधको वकालत गर्नेसबैलाई कानूनको दायरामा ल्याऊन अनुरोध पनि गर्दछु ।