२ कार्तिक २०८३, सोमबार

भारतमा २४ घण्टामा तीन हजार ४०२ जना संक्रमितको मृत्यु, संक्रमण दर क्रमशः घट्दो क्रममा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर क्रमशः घट्दो क्रममा रहेको पाइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ४०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ६३ हजार ९७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९१ हजार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ९२ लाख ७३ हजार ३३८ पुगेको छ ।

भारतमा हाल ११ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा हालसम्म २ करोड ७७ लाख ७८ हजार ८९४ जना निको भएका छन ।

यसैगरी विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख १ हजार नाघेको छ । अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार १०० जना भन्दा बढीको मृत्यु भएको छ । विश्वमा १५ करोड ९४ लाख ५९ हजार बढी कोरोना संक्रमणमुक्त भएका छन् ।