९ कार्तिक २०८३, सोमबार

चितवनमा गैँडाको खाग फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।

कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो । भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याइएको छ ।

सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उनले जानकारी दिए । गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ । –रासस