मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत

दैनिक नेपाल २०७८ जेठ २७ गते १३:१५

पोखरा, २७ जेठ । गण्डकी प्रदेशको प्रदेश सभा बैठक शुरू भएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत मागेका छन् ।

कुल ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ जना सांसद गरी कुल ३२ सांसद छन् ।

यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले पुनः गुरुङले वैशाख २९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।

संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित