
काठमाडौं, २७ जेठ । शौचालयमा लडेर गम्भीर घाइते भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित तिवारी टोलका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३० वर्षीय मिजेन्द्र श्रेष्ठ छन् । शौचालयमा लडेर गम्भीर घाइते भएका उनको नारायणटारस्थित शखंरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच कैलालीको चुरे गाउँपालिका–६ तितरेका १६ वर्षीया झुपाकुमारी साँउदको पनि भीरबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित पोटेमाला भीरमा घाँस काट्न गएको अवस्थामा लडेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।















प्रतिक्रिया