
काठमाडौं, २७ जेठ । काठमाडौंको भाटभटेनी चोकस्थि सांग्रीला डेभलपमेन्ट बैंकको एटीएम मेशिन तोडफोड गरिएको छ ।
काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको उक्त एटीएम मेशिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री छन् । उनलाई बुधबार राति तोडफोड गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।
उक्त बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको हो ।















प्रतिक्रिया