धादिङ, २७ जेठ । बूढीगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानका तीन जनालाई मंगलबार दिउँसो करिब ३ बजेतिर नदीले बगाएको हो । नदीमा नुहाउने क्रममा बगाएको प्रहरीले बताएको छ ।
बेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।
















प्रतिक्रिया