४ मंसिर २०८३, शुक्रबार

सशस्त्र प्रहरीद्वारा गन्धकसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २७ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका– २५ स्थित रेलगेटबाट सशस्त्र प्रहरीले बिस्फोटक पदार्थमा प्रयोग हुने करीव १० किलो गन्धकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको वीरगञ्ज महानगरपालिका–९ बस्ने ३८ वर्षीय श्यामबाबुप्रसाद कलवार छन् ।

प्र ०२–०३–०९९ प ६८३७ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका कलवारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन्धक फेला पारेको हो ।

त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ ।