२९ आश्विन २०८३, बिहिबार

यमनमा सोमबार ५३ जना मारिए, नेपाली ज्यान जोगाउन सफल भए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

YEMEN-CONFLICTआदेन, २३ चैत । यमनमा त्यहाँका विद्रोही र राष्ट्रपतिका समर्थकबीच भएको भिडन्तमा परी करिब ५३ जनाको ज्यान गएको छ ।

यमनको दक्षिणी नगर आदेनमा सो भिडन्त भएको हो । उक्त सहरमा गत हप्तादेखि दुवै पक्षबीच भिडन्त जारी रहेको छ ।

सो भिडन्तमा परी अरु कैयौँ नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् । मारिनेमा विद्रोही बढी परेको स्वास्थ्य अधिकारी एवम् सैनिक स्रोतले जनाएको छ ।

गएको २४ घन्टाभित्र जारी रहेको भिडन्तमा ५३ जना मारिएका समाचारमा जनाइएको छ । साथै मारिनेमा १७ जना सर्वसाधारण पनि परेका बताइएको छ ।

मारिनेमा २६ जना विद्रोही परेका छन् । ती विद्रोहीहरुले गएका केही दिनदेखि आदेनका विभिन्न स्थानमा आक्रमण जारी राखेका छन् ।

जसका कारण सो नगर द्वन्द्वग्रस्त बन्न पुगेको पनि अधिकारीहरुले जनाएका छन् । सो क्षेत्रमा यमनी सेनाले ठूलो सङ्ख्यामा गस्ती गरिरहेको छ ।

यमनी राष्ट्रपति दुई हप्ताअघि नै भागेर साउदी अरेबियामा शरण लिइरहेका छन् । उनको अनुरोधपछि साउदी अरेबियाको सेनाले यमनमा हवाई कारबाही गरिरहेको छ ।

यमनी सिया मुस्लिम विद्रोहीहरुका विरुद्धमा जारी राखिएको सो कारबाहीका क्रममा पनि कैयौँ विद्रोही मारिएका बताइएको छ । रासस/एएफपी