१५ कार्तिक २०८३, आइतबार

थप ६ हजार ५७० जनाले जिते कोरोना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । पछिल्लो २४ घण्टामा थप ६ हजार ५७० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४ हजार ५३० जना पुगेको छ ।

गत २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ एक सय जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ जना रहेको छ ।

२४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।