
काठमाडौं, २५ जेठ । नेकपा एमालेका नेता डा. भीम रावलले विधि, विधान र पद्धति मिच्नेहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट राजनीतिक नैतिकताको शिक्षा लिनुपर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा त्रिलोचन भट्टलाई बधाई दिँदै नेता रावलले मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा उठेलगत्तै त्यसको चार दिनमै विश्वासको मत लिएको भन्दै भट्टबाट शिक्षा लिनुपर्ने बताएका हुन् ।
‘सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ रावलले ट्विट गर्दै भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि !’















प्रतिक्रिया